दुधेमा कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल हुने



9,000 SHARES

झापा । चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता–२०८३ दुधे भेट्रान क्लबको आयोजनामा हुने भएको छ । प्रतियोगिता आगामी २०८३ साल जेठ ५ गतेदेखि जेठ १६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता दुधेस्थित दुधे रंगशाला मा सञ्चालन हुनेछ । उक्त रंगशाला यसअघि देशकै ठूलो धनराशिको महिला फुटबल प्रतियोगिता झापा महिला गोल्डकप आयोजना भएको मैदानका रूपमा समेत परिचित छ ।

विज्ञापन

दुधे भेट्रान क्लबका अध्यक्ष सन्तोष नेम्वाङ का अनुसार प्रतियोगितामा देशका १६ चर्चित भेट्रान फुटबल क्लबहरूको सहभागिता रहनेछ । प्रतियोगितामा पूर्व राष्ट्रिय खेलाडीहरूको समेत सहभागिताले खेललाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने अपेक्षा गरिएको छ ।

विज्ञापन

प्रतियोगिताको विजेता टोलीले नगद रु. १ लाख ५० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु. ८१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ ।

त्यसैगरी विधागततर्फ प्रत्येक खेलको म्यान अफ दि म्याच प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सर्वोकृष्ट खेलाडी, बेस्ट गोलकिपर, हाइ स्कोरर, बेस्ट फरवार्ड, बेस्ट डिफेन्डर तथा बेस्ट कोच विधामा पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय