अर्जुनधारामा जेठ ७ देखि वडा स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने



9,000 SHARES

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा वडा स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिताको आयोजना अर्जुनधारा नगर खेलकुद विकास समितिले गर्न लागेको हो ।

समितिले आज नगरपालिकामा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । वडा नं. ९ स्थित नमुना खेल मैदानमा जेठ ७ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने आयोजकले जनाएको छ ।

विज्ञापन

समितिका अध्यक्ष सुरेन्द्र धिमालका अनुसार प्रतियोगितामा नगरभित्रका ११ वटै वडाका टिम सहभागी हुनेछन् । खेलाडी उत्पादन तथा खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

विज्ञापन

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेले खेलाडी उत्पादन र पहिचानका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए ।

आयोजक समितिका सदस्यसचिव खगेन्द्र लिङ्देनका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई १ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेण्डर, स्ट्राइकर, मिडफिल्डर तथा प्रशिक्षकलाई जनही २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा अर्जुनधारा–६ का वडाअध्यक्ष हरिशचन्द्र बास्तोला, अर्जुनधारा–१० का वडाअध्यक्ष भुपेन्द्र न्यौपाने, व्यवसायी मिलन बस्नेत, रेफ्री संघका केन्द्रीय सदस्य प्रदिप बस्नेतलगायत नगर खेलकुद विकास समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय