नख्खुबाट रविलाई आफ्नो गाडीमा भगाएको प्रतिक्रियापछि विवादमा रामकृष्ण ढकाल



9,000 SHARES

काठमाडौं । गायक तथा फिल्म निर्माता रामकृष्ण ढकाल एक अभिव्यक्तिका कारण यतिबेला विवादमा तानिएका छन्।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा उनले जेनजी आन्दोलनका बेला सहकारी ठगीको आरोपमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आफ्नै गाडीमा राखेर लगेको बताएका थिए। सो अभिव्यक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ।

विज्ञापन

आफ्नो निर्माणमा बनेको चलचित्र मालती मङ्गले को प्रचारका क्रममा दिएको अन्तर्वार्तामा ढकालले उक्त घटना खुलाएका हुन्। कार्यक्रममा प्रस्तुतकर्ताले नख्खु कारागारबाट लामिछाने बाहिरिँदै गाडीमा चढेको पुरानो भिडियो देखाएपछि ढकालले सो गाडी आफूले चलाएको दाबी गरेका थिए।

विज्ञापन

उनका अनुसार, भैँसीपाटी क्षेत्रमा बसोबास गर्ने क्रममा आन्दोलनका बेला घुम्दै जाँदा उनी नख्खु पुगेका थिए। त्यही क्रममा कारागार बाहिर रहेको रेस्टुरेन्ट नजिक लामिछानेसँग भेट भएपछि उनलाई गन्तव्यसम्म पुर्‍याउन आफूले गाडी चलाएको उनले बताएका छन्।

यसअघि उक्त घटनामा प्रयोग भएको गाडीबारे विभिन्न अड्कलबाजी भए पनि चालकको पहिचान सार्वजनिक भएको थिएन। तर अहिले ढकालले आफैं चालक भएको बताएका कारण विषयले नयाँ मोड लिएको छ।

उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आलोचना चुलिएको छ। केही प्रयोगकर्ताले उनको चलचित्र ‘मालती मङ्गले’ बहिष्कार गर्नेसम्मको प्रतिक्रिया दिएका छन्।

हाल यस विषयमा ढकाल वा लामिछाने पक्षबाट थप औपचारिक प्रतिक्रिया आएको छैन।  

-रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय