|
9,000 SHARES |
झापा । झापाको कचनकवल गाउँपालिकामा ४६ जना करार शिक्षक सेवाबाट हटाइएका छन् ।
निजी तथा गाउँपालिकाको अनुदानमा शिक्षक व्यवस्थापन गरी पठनपाठन गराउँदै आएका शिक्षकहरूलाई सेवाबाट निकालिएको हो ।
गाउँपालिकाले सूचना जारी गर्दै विगत वर्षझैँ म्याद थप नगर्ने निर्णय गरिएको जनाएको छ ।
सूचनाअनुसार, चैत ३० गतेदेखि लागू हुने गरी निजी तथा अनुदानका शिक्षकहरूको करार अवधि समाप्त गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलका अनुसार सेवाबाट हटाइएका शिक्षकहरू प्रावि तहका हुन् ।
उनले नेपाल सरकारबाट प्राप्त निर्देशनअनुसार स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करारमा कर्मचारी राख्न नपाइने व्यवस्था लागू भएपछि यस्तो निर्णय लिनु परेको बताए ।
माध्यमिक शिक्षा स्थानीय तहको अधिकारभित्र परे पनि आवश्यक दरबन्दी स्वीकृत नभएकाले करार शिक्षकको म्याद थप गर्न नसकिएको उनको भनाइ छ ।
यसअघि झापाकै बाह्रदशी गाउँपालिकाले पनि करार शिक्षक हटाउने निर्णय गरेको थियो ।










