नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून् : बालेन शाह



9,000 SHARES

काठमाडौँ । बालेन्द्र शाह ले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौंदेखि जरा गाडेको ‘पार्टीकरण’ ले प्रणाली कमजोर बनाएको बताएका हुन्।

उनका अनुसार योग्यताभन्दा पहुँच र क्षमताभन्दा दलगत झण्डाको मूल्य बढ्दा संस्थाप्रति जनविश्वास घट्दै गएको छ। “त्यसैले शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलगत प्रभाव अन्त्य गर्न स्पष्ट निर्णय आवश्यक छ,” उनले उल्लेख गरेका छन्।

विज्ञापन

शाहले विद्यार्थी र कर्मचारी संगठनहरू दलको हितमा केन्द्रित हुँदा पेशागत स्वतन्त्रता कमजोर बनेको दाबी गरेका छन्। उनले थप संगठन थप्दैमा शिक्षाको गुणस्तर नबढ्ने अनुभवबाट सिकेर सुधार आवश्यक रहेको बताएका छन्।

विज्ञापन

“विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन,” उनले भनेका छन्। उनका अनुसार विद्यार्थीले विचार, जिम्मेवारी र सभ्य राजनीतिक संस्कार सिक्नुपर्नेमा जोड दिएका छन् भने कर्मचारीले पनि नेताको प्रभाव होइन, विधि र प्रक्रिया अनुसार काम गर्नुपर्ने धारणा राखेका छन्।

उनले यो कुनै दलविरुद्धको अभियान नभई संस्थागत सुधारको प्रयास भएको स्पष्ट पारेका छन्। साथै नियुक्ति, सरुवा र बढुवामा दलगत प्रभावभन्दा योग्यता, क्षमता र दक्षतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय