शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश



9,000 SHARES

काठमाडौं । शेखर गोल्छा लाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालत ले आदेश दिएको छ।

सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेलश्रीकान्त पौडेल को संयुक्त इजलासले गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो।

विज्ञापन

यसअघि उनलाई हिरासतमा राख्न जिल्ला र उच्च अदालतबाट दिइएका दुईवटा आदेश सर्वोच्चले उत्प्रेषण आदेशमार्फत बदर गरेको छ। अदालतले ती आदेशहरू पर्याप्त कानुनी आधारबिना जारी भएको ठहर गरेको हो।

विज्ञापन

रिट निवेदनमा गोल्छाको तर्फबाट हिरासतमा राख्ने निर्णय गैरकानुनी भएको दाबी गरिएको थियो। सर्वोच्चले व्यक्तिगत स्वतन्त्रताको हकलाई प्राथमिकता दिँदै धरौटीमा रिहा गर्न उपयुक्त देखिएको जनाएको छ।

अब गोल्छा धरौटी बुझाएर रिहा हुनेछन् भने मुद्दाको अन्तिम टुंगो भने अदालतको आगामी सुनुवाइबाट लाग्नेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय