|
9,000 SHARES |
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीनवटा अध्यादेश जारी गरेका छन्।
शनिबार राष्ट्रपति पौडेलले सार्वजनिक पदाधिकारीको नियुक्ति तथा पदमुक्तिसम्बन्धी नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका हुन्।
यसैगरी, स्वास्थ्य प्रतिष्ठानसम्बन्धी अध्यादेश तथा विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पनि जारी गरिएको छ।
यससँगै सरकारले सिफारिस गरेका कुल ६ वटा अध्यादेश राष्ट्रपति पौडेलबाट जारी भइसकेका छन्।










