|
9,000 SHARES |
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
बिहीबार (वैशाख १७) उनले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन्।
विज्ञापन
राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा (१४ को उपधारा ९१) बमोजिम सरकारको सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो।
विज्ञापन
गत सोमबार (वैशाख १४) बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
त्यसपछि मंगलबार अध्यादेश राष्ट्रपतिको कार्यालयमा अध्यादेश पेश गरिएको थियो।










