|
9,000 SHARES |
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
शिक्षा मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेल को सचिवालयका अनुसार बैठक आज मध्याह्न १२:०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो।
गृहमन्त्रालयबाट सुधन गुरुङ ले राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
आजको बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीका साथै समसामयिक राजनीतिक तथा विकास निर्माणका मुद्दाहरूमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री शाहले मुलुकको सुशासन र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने सन्दर्भमा केही महत्त्वपूर्ण निर्णयहरू गर्न सक्ने अपेक्षा गरिएको छ।










