|
9,000 SHARES |
झापा: स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ। आज सुन प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि ११० रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदी प्रतितोला ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार रुपैयाँ रहेको थियो भने चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै मङ्गलबार सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँ र चाँदी ५ हजार १६० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ७०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ७८ डलर पुगेको छ।
पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य निरन्तर घट्दो क्रममा देखिएको व्यवसायीहरूले बताएका छन्।










