|
9,000 SHARES |
झापा । देशभरका ७५३ वटै स्थानीय तहले आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन सुरु गरेका छन्।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहअनुसार नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
व्यक्तिको कानुनी पहिचान सुनिश्चित गर्न, प्रभावकारी नीति निर्माण गर्न तथा राज्यबाट प्रवाह हुने सेवा सहज रूपमा प्राप्त गर्न व्यक्तिगत घटना दर्ता महत्वपूर्ण आधारका रूपमा रहने भएकाले यसलाई प्राथमिकताका साथ अभियानका रूपमा अघि बढाइएको हो।
यस अवधिमा देशभरका स्थानीय तहले विद्यालय, स्थानीय संघ–संस्था तथा सरोकारवालासँग समन्वय गर्दै जन्म, मृत्यु, विवाह, बसाइँसराइलगायतका घटना दर्ताको महत्त्वबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछन्।
विभागले गत चैतको अन्तिम साता नै सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सप्ताह मनाउन निर्देशन दिइसकेको थियो।










