|
9,000 SHARES |
बिर्तामोड। झापाको बिर्तामोड–५ स्थित कनकाई रोडमा ‘कल्प भेज रेष्टुरेण्ट एण्ड बार’ सञ्चालनमा आएको छ। युवा व्यवसायी विवेक विष्ट र दिपक पराजुलीले करिब एक करोड रुपैयाँको लगानीमा कनकाई रोड कृषीथोक बजारको पूर्वपट्टि उक्त रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन्।
रेष्टुरेण्टका सञ्चालक विष्टका अनुसार ‘कल्प’ मा शुद्ध भेज परिकारका विविध स्वाद पाइनेछन्। यहाँ तन्दुर, नानका परिकारदेखि भारतीय, चाइनिज तथा कन्टिनेन्टल परिकारसम्म उपलब्ध गराइनेछ। कोशी प्रदेशमै पहिलो पटक मल्टी–क्युजिन भेज रेष्टुरेण्ट एण्ड बारको अवधारणासहित सञ्चालनमा ल्याइएको भन्दै उपभोक्तालाई नयाँ अनुभव दिन सकिने विश्वास व्यक्त गरिएको छ।
होटल म्यानेजमेन्टका विद्यार्थी समेत रहेका विष्टले अध्ययनका क्रममा भारतमा यस्ता भेज रेष्टुरेण्ट देखेपछि सोही अवधारणालाई बिर्तामोडमा भित्र्याएको बताए। “कोशी प्रदेशमै यस्तो प्रकारको रेष्टुरेण्ट नभएकाले नयाँ अभ्यासका रूपमा सुरु गरेका हौँ,” उनले भने।
उनले आफ्नो परिवारले विगत ३० वर्षदेखि बुधबारे र बिर्तामोड क्षेत्रमा ‘कोशेली डेरी’ सञ्चालन गर्दै आएको जानकारी दिँदै डेरीका दूधजन्य उत्पादनलाई समेत रेष्टुरेण्टका परिकारमा प्रयोग गरिने बताए। हाल रेष्टुरेण्टमा १३ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ।

आगामी दिनमा थप नयाँ भेज परिकार समावेश गर्दै सेवा विस्तार गर्ने योजना रहेको सञ्चालक पक्षले जनाएको छ। उनले भेज रेष्टुरेण्ट धेरै भए पनि विशुद्ध भेज रेष्टुरेण्टको रुपमा आफुहरुले सेवा सुरु गरेको बताए ।
रेष्टुरेण्टको उद्घाटन ९३ वर्षीय भीमबहादुर भण्डारी र सुभद्रा भण्डारीले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा स्थानीय समाजसेवी तथा व्यवसायीहरू राजेश सुवेदी, सुरेन्द्र बिष्ट, कमला बिष्ट, इन्दु बिष्ट, ललित बिष्ट, श्याम कटुवाललगायतको उपस्थिति रहेको थियो।











