आज सातै प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने



9,000 SHARES

झापा। देशभर आज हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसममा व्यापक परिवर्तन आएको हो।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहनेछ भने अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ।

विज्ञापन

हाल देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ। विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली भेगमा बदलीको प्रभाव देखिएको छ भने बाँकी क्षेत्र केही हदसम्म खुला रहेको छ।

विज्ञापन

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, मधेश, कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा समेत केही स्थानमा वर्षासँगै हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। केही स्थानमा भारी वर्षाको सम्भावना समेत रहेकोले बाढी, पहिरो तथा चट्याङबाट हुने जोखिमप्रति सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय