|
9,000 SHARES |
काठमाडौं । लिलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगाल ले भण्डारीलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले भण्डारी निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।
उक्त अवसरमा अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष भण्डारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
भण्डारी सत्तारुढ नेकपा एमाले का तर्फबाट उम्मेदवार बनेकी थिइन्। उनलाई नेपाली कांग्रेस लगायत अन्य दलहरूको समेत समर्थन रहेको थियो।
भण्डारी यसअघि संविधान सभा सदस्य र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।










