ओली–लेखकको रिहाइ माग्दै एमाले सडकमा, सीडीओलाई विरोधपत्र बुझाइँदै



9,000 SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा आज पनि देशव्यापी आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।

पार्टीका अनुसार आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ। एमाले सचिव महेश बस्नेत ले मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत विरोधपत्र बुझाइने जानकारी दिए।

विज्ञापन

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा केपी शर्मा ओलीरमेश लेखक लाई गत चैत १४ गते शनिबार बिहान पक्राउ गरिएको थियो।

विज्ञापन

पक्राउलगत्तै बसेको एमाले सचिवालयको आकस्मिक बैठकले उनीहरूको तत्काल रिहाइको माग गर्दै चरणबद्ध आन्दोलन घोषणा गरेको थियो। सोही निर्णयअनुसार शनिबार दिनभर काठमाडौंको माइतीघर–बिजुलीबजार सडकखण्ड तनावग्रस्त बनेको थियो।

एमालेले ओली र लेखकको गिरफ्तारीलाई ‘गैरकानुनी’ तथा पूर्वाग्रहपूर्ण भन्दै राजनीतिक र कानुनी दुवै माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय