|
9,000 SHARES |
बिर्तामोड । झापाको डोमालाल राजवंशी रंगशालामा भोलीदेखि पहिलो पटक सन्थाल गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ।
सन्थाल उत्थान सेवा समाज बिर्तामोडको आयोजनामा हुन लागेको प्रतियोगितामा भारतका दुईसहित झापा र मोरङका गरी आठ क्लबको सहभागिता रहने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा भोली विहानी सन्थाल एफसी र हात्तीमार एफसी आमनेसामने हुनेछन्। यस्तै, चैत १५ गते मदरगाछ एफसी र बान्चाभिटा सिर्जन क्लबबीच प्रतिस्पर्धा हुनेछ।
चैत १६ गते हल्दिवारी एफसी र जोल्पा जते सन्थाल विद्रोही क्लब पश्चिम बंगालबीच खेल हुने तालिका छ भने चैत १७ गते आयोजक सन्थाल जाति उत्थान सेवा समाज र मोरङ सन्थाल क्लबबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले ६० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउने खेल संयोजक टिका हस्ताले जानकारी दिए।
बिर्तामोड नगरपालिका मुख्य संरक्षक रहेको प्रतियोगितामा भद्रपुर झापा गोल्डकप र बिर्तामोड नगरपालिका वडा नं. ६ सह–प्रायोजक रहेका छन्।










