आज हावाहुरीसहित वर्षाको पूर्वानुमान, सतर्क रहन आग्रह



9,000 SHARES

झापा । आज शुक्रबार दिउँसोदेखि भोलि बिहानसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेषगरी लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ६ बजे जारी सूचनामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको उल्लेख गरिएको छ। सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।

विज्ञापन

आज दिउँसोदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, शुक्रबारदेखि दाङ र नेपालगञ्ज आसपासका क्षेत्रसहित लुम्बिनी प्रदेशका तराई भूभागमा तथा शनिबार कोशी प्रदेशअन्तर्गत विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। हावाहुरीको वेग करिब ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइएको छ।

विज्ञापन

यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा हावाहुरी, वर्षा र हिमपातका कारण जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुने जोखिम रहेको छ। पछिल्ला दिनमा हावाहुरीका कारण मानवीय क्षति समेत भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

अपनाउनुपर्ने सावधानी :

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कने

हावाहुरीका बेला झ्यालढोका राम्रोसँग बन्द गर्ने

सवारी चलाइरहेको अवस्थामा सुरक्षित स्थानमा रोकिने

भीडभाडमा नआत्तिने, सुरक्षित स्थानमा जाने

अग्ला रुख, बिजुलीका खम्बा र तारमुनि नबस्ने

लत्रिएको बिजुलीको तार नछुने

विद्युतीय उपकरण प्रयोग नगर्ने

प्राधिकरणले जोखिमयुक्त क्षेत्रका नागरिकलाई विशेष सतर्कता अपनाउन पुनः अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
10
+1
0
+1
0
+1
0
+1
7

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय