प्रतिनिधिसभा निर्वाचनमा ५ अर्ब ३७ करोड खर्च, प्रतिमतदाता २८४ रुपैयाँ



9,000 SHARES

झापा। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कुल ५ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको निर्वाचन आयोग ले जनाएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भइसकेको र भुक्तानी गर्न बाँकी दायित्वसमेत जोड्दा कुल खर्च ५ अर्ब ३७ करोड पुगेको जानकारी दिए।

विज्ञापन

उनका अनुसार औसतमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको छ। “हामीले मितव्ययी रूपमा निर्वाचन सम्पन्न गर्न सफल भएका छौँ,” उनले भने।

विज्ञापन

सरकारले निर्वाचन प्रयोजनका लागि ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति दिएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय