रास्वपाको अभिमुखीकरणमा आज रवि लामिछानेको सम्बोधन



9,000 SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरण कार्यक्रम आज समापन हुँदैछ। समापन समारोहमा पार्टी सभापति रवि लामिछाने ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

ललितपुरको होटेल रोयल टुलिप मा मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन उपसभापतिद्वय स्वर्णिम वाग्लेडीपी अर्याल ले गरेका थिए। पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कार्यक्रममा सहभागी भएका थिएनन्।

विज्ञापन

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछाने र वरिष्ठ नेता शाह आजको समापन समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ। यसअघि उपसभापति अर्यालले पनि दुवै नेता बुधबारको कार्यक्रममा सहभागी हुन सक्ने संकेत दिएका थिए।

विज्ञापन

यद्यपि, रास्वपाले सार्वजनिक गरेको कार्यक्रम तालिकामा आज सभापति लामिछानेको सहभागिता सुनिश्चित गरिएको भए पनि वरिष्ठ नेता शाहको उपस्थितिबारे औपचारिक जानकारी भने दिइएको छैन।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय