|
9,000 SHARES |
अर्जुनधारा । खुदुनाबारी परोपकार केन्द्रको आयोजनामा चैत २४ गतेदेखि बैशाख १ गतेसम्म परोपकार जागरण सप्ताह हुने भएको छ। सो अवसरमा श्रीमद्भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएकाे हाे।
महायज्ञमा आचार्य विष्णु देव र उमेश आचार्यले कथा वाचन गर्नुहुनेछ। कार्यक्रमको मुख्य उद्देश्य खुदुनाबारी परोपकार केन्द्रको प्रधान कार्यालय निर्माणको लागि जमिन खरिद गर्नु र राष्ट्र शान्तिको कामना गर्नु रहेको संस्थाले संचालन गरेकाे भुमि दान महाअभियानका संयोजक लिला बल्लभ खतिवडाले जानकारी दिनुभयो।
सप्ताहको तयारीका लागि आज १५ सदस्यीय महायज्ञ मूल समिति तथा सचिवालय गठन गरिएको छ। मूल समितिको मातहत १५१ सदस्यीय पुराण आयोजक समिति समेत गठन गरिने निर्णय सर्वसम्मत रूपमा भएको संयोजक खतिवडाले जानकारी दिनुभयो।
आयोजकले धार्मिक तथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले भक्तजन र सर्वसाधारणलाई उपस्थित भई पुण्य लाभ लिन अनुरोध गरेका छन्।










