|
9,000 SHARES |
काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणाली तथा समानुपातिक प्रणाली दुवैमा उक्त परिमाणमा मत बदर भएको हो।
उनका अनुसार विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मतको प्रतिशत ५.०६ रहेको थियो भने २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५.१८ प्रतिशत मत बदर भएको थियो।
त्यसैगरी विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा ४.९६ प्रतिशत मत बदर भएको थियो।
यसअघि २०६४ साल चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा भने ५.१५ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ।
आयोगका अनुसार विगतका पाँच वटा निर्वाचनको तुलनामा यस पटक औसतमा कम मत बदर भएको देखिएको छ।










