समानुपातिक मतगणना अन्तिम चरणमा, रास्वपा फराकिलो अग्रतामा



9,000 SHARES

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार हालसम्म १ करोड ७ लाख ३२ हजार ९ सय ३२ मत गणना भएको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ३६ हजार ६ सय ७४ मत प्राप्त गर्दै फराकिलो अग्रता कायम गरेको छ। यो कुल सदर मतको करिब ४८ प्रतिशत बराबर हो।

विज्ञापन

त्यस्तै, नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३ सय ३६ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ले १४ लाख ४८ हजार ४ सय १२ मत पाएको छ।

विज्ञापन

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ८ लाख ४ हजार १ सय ७१ मत प्राप्त गरेको छ। श्रम संस्कृतिले ३ लाख ७८ हजार ५ सय ९४ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार ४ सय ६६ मत प्राप्त गरेको छ।

हालसम्म यी ६ वटा राजनीतिक दलले समानुपातिक प्रणालीअन्तर्गत आवश्यक थ्रेसहोल्ड पार गरेका छन्। समानुपातिकतर्फ अन्य ५१ वटा दलले पनि मत प्राप्त गरे पनि उनीहरूले थ्रेसहोल्ड पार गर्ने सम्भावना देखिएको छैन। ती दलहरूले पाएको कुल मत करिब ८ लाख रहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय