|
9,000 SHARES |
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को शुभकामना सन्देशको जवाफ फर्काएका छन्।
बालेनले शुभकामनाका लागि धन्यवाद व्यक्त गर्दै नेपाल–भारतबीचको ऐतिहासिक तथा घनिष्ठ सम्बन्ध आगामी दिनमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउने दिशामा सहकार्य हुने विश्वास व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत् मोदीको स्टाटसमा प्रतिक्रिया जनाउँदै उनले खेलकुद क्षेत्रमा प्राप्त सफलताका लागि पनि भारतलाई बधाई दिएका छन्।
उनले लेखेका छन्, “शुभकामनाका लागि धन्यवाद, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू। नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।”










