स्कुटरको ठक्करबाट घाइते खुदुनाबारीका बास्कोटाको मृत्यु



9,000 SHARES

विर्तामोड । सवारी दुर्घटनामा परी झापाको अर्जुनधाराका एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अर्जुनधारा नगरपालिका–३ का राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको हो।

उनी गत माघ २१ गते बिहान करिब ६:३० बजे अर्जुनधारा नगरपालिका–३ स्थित गरुवा चौक नजिक विर्तामोड–दानाबारी सडक खण्डमा दुर्घटनामा परेका थिए। विर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प १६७ नम्बरको स्कुटीले बाटो क्रस गर्दै गरेका पैदलयात्री बास्कोटालाई ठक्कर दिएको थियो।

विज्ञापन

ठक्करबाट गम्भीर घाइते भएका ४५ वर्षीय बास्कोटालाई उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड ल्याइएको थियो। उनको उपचारकै क्रममा माघ २४ गते (हिजो) राति ९:१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

विज्ञापन

मृतकको शव सोही अस्पतालमा राखिएको छ। स्कुटी चालक इलाम माइ नगरपालिका–३ निवासी ३५ वर्षीया अमृता राई तथा स्कुटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय