वरिष्ठ कलाकार सुनिल थापाको निधन



9,000 SHARES

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ।

हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन्।

विज्ञापन

शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापालाई आज बिहान अचानक स्वास्थ्य समस्या देखिएपछि नर्भिक अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको निधन भएको हो।

विज्ञापन

थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय रहँदै आएका थिए। उनको निधनले नेपाली कला क्षेत्र शोकमा डुबेको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय