झापामा सिरिन्ज आक्रमणबाट एक जनाको हत्या



9,000 SHARES

झापा । झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा भएको सिरिन्ज आक्रमणले देशको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। अज्ञात व्यक्तिले सिरिन्ज प्रयोग गरी आक्रमण गर्दा स्थानीय बासिन्दा खेम ढकालको ज्यान गएको घटनाले समाजलाई स्तब्ध मात्र होइन, भयभीतसमेत बनाएको छ।

बिहीबार साँझ छिमेकीको घरबाट आफ्नै निवासतर्फ फर्किरहेका ढकाललाई बाटोमै लक्षित गरी आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गम्भीर अवस्थामा रहेका ढकाललाई अस्पताल पुर्‍याउने प्रयास गरिए पनि बाटोमै उनको मृत्यु भयो।

विज्ञापन

घटनाको प्रकृतिले यो आकस्मिक नभई योजनाबद्ध र अत्यन्तै निर्दयी अपराध भएको संकेत गर्छ। प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको छ। तर प्रयोग गरिएको सिरिन्जमा कुन प्रकारको पदार्थ थियो भन्ने विषयमा अझै यकिन हुन सकेको छैन।

विज्ञापन

यद्यपि, सिरिन्जजस्तो औजार प्रयोग गरी गरिएको हत्या सामान्य आपराधिक घटना नभई समाजका लागि गम्भीर चेतावनी भएको नागरिक अगुवाहरूको ठम्याइ छ।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय