६० जिल्लाको मतपत्र छपाइ सकियो, २५ जिल्लाकाे प्याकिङको काम पूरा



9,000 SHARES

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि ६० जिल्लामा प्रयोग हुने प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको जनाएको छ। आयोगका अनुसार तीमध्ये २५ जिल्लाको मतपत्र छपाइसँगै प्याकिङको कामसमेत पूरा भइसकेको छ भने बाँकी जिल्लाको प्याकिङ प्रक्रिया क्रमशः भइरहेको छ।

आयोगले उपलब्ध गराएको विवरणअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको छ।

विज्ञापन

आयोगका अनुसार मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छपाइ तथा प्याकिङको कामलाई तीव्र पारिएको जनाइएको छ।

विज्ञापन

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको छ। सो प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ तथा रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ।

यस्तै, प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्ने आयोगले जनाएको छ। माघ १६ गतेदेखि सुरु भएको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ।

यसैबीच, आयोगले १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय