दमक प्रज्ञा प्रतिष्ठानका कार्यसमिति र परिषद सदस्यको सपथ ग्रहण



9,000 SHARES

दमक । दमक नगरपालिकाले नियुक्ति गरेको दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष, कार्यसमिति तथा परिषद सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका अध्यक्ष डा. गोपालप्रसाद भण्डारीलाई नगर प्रमुख राम थापाले सपथ ग्रहण गराउनुभएको हो। सपथपछि बोल्दै अध्यक्ष डा. भण्डारीले विविधताभित्र एकता खोज्नुपर्ने आवश्यकता औंल्याउनुभयो। नगरपालिकाले दिएको जिम्मेवारी पूरा गर्दै कला, साहित्य र संस्कृतिको विकासका लागि सामूहिक प्रयासबाट नतिजा दिनुपर्ने उहाँको भनाइ थियो।

विज्ञापन

नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष भण्डारीले प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, कार्यसमिति सदस्य तथा परिषद सदस्यहरूलाई सपथ ग्रहण गराउनुभएको थियो।

विज्ञापन

कार्यक्रममा नगर प्रमुख थापाले दमकको पहिचान कायम राख्दै उपलब्धिमूलक काम हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। साथै, दमक नगरपालिका प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता नगर प्रमुख थापा, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला तथा दमक–९ का वडा अध्यक्ष एवं शिक्षा समिति संयोजक कुबेर भट्टराईले व्यक्त गर्नुभयो।

दमक प्रज्ञा प्रतिष्ठानको अध्यक्षमा डा. गोपालप्रसाद भण्डारी, उपाध्यक्षमा डा. व्यञ्जना शर्मा र सचिवमा जयबहादुर श्रेष्ठ रहनुभएको छ। कार्यसमिति सदस्यहरूमा बिन्दु दाहाल, कमला खनाल, शंकर चापागाईं (धनकुटे कान्छा), धनञ्जय बास्कोटा, राधिका ओझा र भूमि प्रसाद दाहाल रहनुभएको छ।

यसैगरी परिषद सदस्यहरूमा कृष्ण धिमाल, मेघराज तिम्सिना, विष्णु न्यौपाने, डिकेश लामा, प्रकाश बुढाथोकी, भेषराज न्यौपाने, दुर्गा काफ्ले, टंकनाथ भण्डारी, जीवन गुरुङ, टंक पाठक, बाला भट्टराई, मनकुमार गडाल, भवकृष्ण खतिवडा, मोहन सङ्ग्रौला, सेसेमी नाल्बो, मिना विश्वकर्मा, अर्जुनकृष्ण रेग्मी र सुरेन्द्र भण्डारी नियुक्त हुनुभएको प्रतिष्ठानका सचिव जयबहादुर श्रेष्ठले जानकारी दिनुभयो।

गत पुस २४ गते बसेको दमक नगरपालिकाको कार्यपालिका बैठकले दमक प्रज्ञा प्रतिष्ठानको अध्यक्षसहित पदाधिकारी, कार्यसमिति सदस्य र परिषद सदस्य नियुक्त गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख प्रविण खड्कालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय