सुनचाँदीको मूल्य फेरी बढ्यो



9,000 SHARES

झापा । नेपाली बजारमा सुनको मूल्य बढेको छ।

केही दिनयता घटिरहेको सुनको मूल्य मंगलबार माघ २० गते प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो।

विज्ञापन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ तोकिएको छ। सोमबार माघ १९ गते सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।

विज्ञापन

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३५ रुपैयाँले बढेर ५ हजार ३३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय