|
9,000 SHARES |
झापा । स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। बिहीबारको तुलनामा दुवै बहुमूल्य धातुको मूल्यमा गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य घटेर तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, एक तोला चाँदीको मूल्य सात हजार ६५ रुपैयाँ निर्धारण गरिएको छ।
यसअघि बिहीबार एक तोला छापावाल सुन तीन लाख ३९ हजार ३०० रुपैयाँ र चाँदी सात हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो। आजको मूल्यसँग तुलना गर्दा सुनको मूल्य करिब २० हजार ५०० रुपैयाँले घटेको देखिन्छ।
यसअघि पनि मूल्यमा उतारचढाव देखिएको थियो। गत बुधबार सुन प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ र चाँदी सात हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने मङ्गलबार सुन तीन लाख ९ हजार ३०० रुपैयाँ र चाँदी छ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।










