सुन–चाँदीको मूल्यमा नयाँ कीर्तिमान



9,000 SHARES

झापा । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी रहेको छ। अघिल्लो कारोबार दिन आइतबार प्रतितोला २ हजार ४०० रुपैयाँले बढेको सुन आज थप ५ हजार २०० रुपैयाँले वृद्धि हुँदै ऐतिहासिक रेकर्ड कायम गरेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँ पुगेको छ। आइतबार भने सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ थियो।

विज्ञापन

सुनको मूल्यसँगै चाँदीको भाउ पनि उच्च भएको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो। आइतबार चाँदी प्रतितोला ६ हजार ४८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

विज्ञापन

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय