रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चद्वारा थप प्रमाण झिकाउन आदेश



9,000 SHARES

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगपत्र संशोधनका विषयमा थप प्रमाण कागजात झिकाउन आदेश दिएको छ।

न्यायाधीश डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज उक्त आदेश दिएको हो। आदेशमा भनिएको छ, “यसमा महान्यायाधिवक्ता समेतले बहसका क्रममा अभियोगपत्र दायर भइसकेपछि थप प्रमाण फेला परेकाले अभियोगपत्रमा संशोधन गर्ने निर्णय गरिएको भन्ने जिकिर लिनुभएकोले उक्त अभियोगपत्र संशोधनसम्बन्धी फेला परेका थप सङ्कलन प्रमाण कागजातहरू महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपछि नियमअनुसार अन्तरिम आदेश छलफलका लागि पेस गर्नुहोला।”

विज्ञापन

यसअघि माघ ६ गते न्यायाधीश अब्दुर अजीज मुसलमानको एकल इजलासले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी कसुरमा महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते गरेको संशोधन निर्णयको सक्कल प्रति झिकाउन आदेश दिएको थियो।

विज्ञापन

सभापति लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो। पछि महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगी प्रकरणमा दायर भएका अन्य प्रतिवादीसहित लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा संशोधन गरी फिर्ता लिएको थियो।

उक्त निर्णयविरुद्ध नेपाल बार एसोसिएसन, विभिन्न मानवअधिकारवादी संघसंस्था तथा नागरिक समाजले विरोध जनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय