|
9,000 SHARES |
दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीकी रामकुमारी झाँक्री निर्वाचित भएकी छिन्। उनले ६ हजार ३०३ मतभार प्राप्त गर्दै विजयी भएकी हुन्।
नेकपा एमालेबाट महिला समूहतर्फ उम्मेदवार बनेकी झाँक्रीका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीकी दुर्गा कुमारी भण्डारीले १ हजार ३६२ मतभार प्राप्त गरिन्।
यसै समूहमा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डित पनि उम्मेदवार रहेकी थिइन्।
मतदानमा प्रदेशसभा तर्फ महिला ३० र पुरुष ४८ गरी जम्मा ७८ मत खसेको थियो। प्रदेशसभाका कुल ८३ मतदातामध्ये ५ जना अनुपस्थित थिए।
त्यसैगरी, स्थानीय तहका २१७ मतदातामध्ये ४ जना अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।










