नेपाली उपग्रह ‘मुनाल’ प्रक्षेपण हुँदै



9,000 SHARES

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले स्वदेशमै विकास गरिएको ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको सम्पूर्ण तयारी पूरा गरेको छ।

उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रहलाई नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।

विज्ञापन

नेपालकै पहिलो स्पेस सिस्टम प्रयोगशालामा करिब दुई वर्ष लगाएर तयार गरिएको ‘मुनाल’ उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधिको परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित डाटा प्रशोधनका लागि प्रयोग गरिनेछ।

विज्ञापन

उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा. रवीन्द्रप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार ‘मुनाल’ उपग्रह भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओ) को ‘एसएलभी–सिक्स टू’ रकेटमार्फत ‘राइडसेयर पेलोड’ का रूपमा आज प्रक्षेपण गरिँदैछ। नेपाली समयअनुसार बिहान १० बजेर ३२ मिनेट (भारतीय समय १० बजेर १७ मिनेट) मा भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट उपग्रह प्रक्षेपण गरिनेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय