|
9,000 SHARES |
इलाम । इलामको चर्चित पर्यटकीय स्थल कन्याममा हाल घुम्न आउने पर्यटकहरूको भीड बढेसँगै सांस्कृतिक पोशाक लगाएर फोटो खिच्ने क्रम पनि तीव्र बनेको छ।

तिहार र छठ पर्वको बिदा मिलेकाले देशका विभिन्न ठाउँबाट आएका आन्तरिक पर्यटकहरू सूर्योदय नगरपालिका–स्थित कन्यामको हरियो चिया बगान, रमणीय दृश्य र स्थानीय सांस्कृतिक पोशाकमा फोटोसेसनका लागि आकर्षित भएका छन्।

स्थानीय व्यवसायीहरूका अनुसार पछिल्ला दिनमा पोशाक भाडामा दिने दर्जनौँ पसलहरूले राम्रो आम्दानी गरिरहेका छन्। युवायुवतीदेखि परिवारका समूहसम्मले जातीय तथा परम्परागत पहिरनमा फोटो र भिडियो खिच्दै सामाजिक सञ्जालमा पोष्ट गर्ने चलन बढ्दो क्रममा छ।

पर्यटन व्यवसायीहरूले यस्तो गतिविधिले स्थानीय संस्कृति र पहिरनको प्रचार–प्रसारमा सहयोग पुर्याएको र आन्तरिक पर्यटनमा नयाँ रौनक थपिएको बताएका छन्।












