हङकङमा कार्गो विमान दुर्घटना, दुई ‘ग्राउन्ड स्टाफ’को मृत्यु



9,000 SHARES

काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान एक कार्गो विमान दुर्घटनामा परेको छ । रनवेबाट चिप्लिएर विमान समुद्रमा खस्दा दुई जना ‘ग्राउन्ड स्टाफ’को मृत्यु भएको छ ।

बीबीसीले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार विमान जमिनमा काम गर्ने कर्मचारी सवार सवारीसाधनमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो । त्यसपछि विमान पनि रनवेबाट चिप्लिएर समुद्रमा खसेको बताइएको छ ।

विज्ञापन

विमानमा सवार चालक दलका चार सदस्यलाई जीवितै उद्धार गरी अस्पताल लगिएको छ ।

विज्ञापन

दुर्घटना स्थानीय समयानुसार बिहान ३ः४० बजे भएको हो । दुबईबाट हङकङतर्फ जाँदै गरेको एमिरेट्सको फ्लाइट ईके–९७८८, टर्कीको एयर एसीटी कार्गो एयरलाइन्सद्वारा सञ्चालन गरिएको बोइङ ७४७–४८१ विमान दुर्घटनामा परेको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0

Author

सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय