साउनको अन्तिम सोमबार: अुर्जनधाराजलेश्वरमा श्रद्धालु



9,000 SHARES

झापा । सौरमानअनुसार साउन महिनाको अन्तिम सोमबार, झापाको अर्जुनधारा जलेश्वर परिसर बिहानैदेखि भक्तजनको चहलपहलले भरिएको थियो। सनातन नेपाली परम्परा अनुसार साउन महिनाभर प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजाअर्चना, व्रत र उपवास गर्ने चलन छ। अन्तिम सोमबारको धार्मिक महत्त्व अझै बढी हुने भएकाले विभिन्न स्थानबाट श्रद्धालु यहाँ दर्शनका लागि आएका थिए।

भक्तजनहरू बिहान सबेरै फूल, बेलपत्र, दूध, धूप–दीप र प्रसादसहित लाइनमा उभिएर शिवलिङ्गमा अभिषेक गर्दै थिए। कतिपय व्रतालुहरू नाङ्गो खुट्टा पैदल यात्रा गर्दै आए, भने केहीले परिवारसहित समूहमा पूजा गरेका थिए। जलेश्वर परिसर वरिपरिको वातावरण हरियो रङ्गीन झण्डा, धार्मिक भजनको धुनले उत्सवमय बनेको थियो।

विज्ञापन

तस्विरमा हेर्नुहोस् अन्तिम सोमबार झापाको अुर्जनधारा जलेश्वर परिसरमा श्रद्धालुको चहलपहल–

विज्ञापन

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय