श्रीअन्तुको पोखरीमा झल्किएको स्वर्ग, फोटो फिचर



9,000 SHARES

श्रीअन्तु, इलाम । पूर्वी नेपालको इलाम जिल्ला, प्राकृतिक सौन्दर्यको अनुपम आँगन हो । र, त्यही आँगनभित्र बसेको छ-श्रीअन्तु। यो ठाउँ केवल एउटा पर्यटकीय गन्तव्य मात्र होइन, यो अनुभूतिहरूको संगालो पनि हो।

विज्ञापन

तस्बीरमा देखिएको सुन्दर पोखरी, शान्त आत्मा झैं गहिरो र स्थिर छ। वरिपरिका अग्ला सल्लाघारीहरू, नजिकै झुकेका बाँस, अनि पानीको छेउमै उभिएको वनस्पतिको सजीवता—यी सबै दृश्यहरू एउटा जीवन्त कविता जस्तै लाग्छ।

विज्ञापन

पोखरीको छेउबाट टाढासम्म फैलिएका हरियाली चियाबारी र छरिएका घरहरूको छानामा झल्किएको नीलो, रातो र हरियो रङले मानवीय अस्तित्वको विविधता दर्शाउँछ।

श्रीअन्तुमा बिहान सूर्योदय हेर्न आउने पर्यटकहरूलाई यो पोखरीले भिन्न प्रकारको आनन्द दिन्छ—सुनसान साँझको शान्तिमा आत्मासँग संवाद गर्ने अवसर दिलाउछ। बास्तवमा, यो पोखरी केवल पानीको भण्डारण मात्र होइन, यो संवेदनशील मनहरूको ऐना हो, जहाँ आकाश पनि टोलाउँछ, बादलहरू पनि विश्राम लिन्छन्।

हेर्नु पर्ने, महसुस गर्नुपर्ने र मनमा बसाल्नुपर्ने अनुभवको चित्रण श्रीअन्तुको सौन्दर्य कुनै शाब्दिक विवरणमा सीमित हुँदैन । श्रीअन्तुको पोखरी, चियाबारी र प्राकृतिक संयोजनले नेपालभित्रकै एउटा स्वर्गीय चित्रण प्रस्तुत गदर्छ। यहाँ आउने जो–कोही पर्यटक यसको मोहमा पर्न बाध्य हुन्छन्।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0

Author

तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित
विज्ञापन


लोकप्रिय

लोकप्रिय