आज बालाचतुर्दशी, शतबीज छर्न भक्तजनको घुइँचो

झापा । आज बालाचतुर्दशी पर्व मनाइँदैछ । हिजो त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा दीप सेलाएर पितृको सदगतिको कामना गर्दै शतबीज छर्दैछन् ।

शिवालयहरुमा रातभर बत्ती बालेर जाग्राम बसेका भक्तजनले आजको दिन बिहान दिवंगत पितृको सदगतिको कामना गर्दै शतबीज छर्ने चलन छ ।

यस अवसरमा पशुपतिनाथ मन्दिर, झापाको अर्जुनधारा, सताक्षीधाम, विराटपोखरी, कंचनगढलगायतका देशभरका शिवमन्दिरमा हिजोदेखि नै भक्तजनको भीड लागेको छ ।

पूर्वको पशुपतिनाथ भनेर चिनिने अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसरमा ४२औँ वार्षिक अनुष्ठान आयोजना गरिएको थियो ।

प्रत्येक वर्ष मार्ग कृष्ण त्रयोदशीको बेलुकादेखि यस क्षेत्रमा मेला लाग्ने गरेको छ । मंसिर ८ गतेदेखि सुरु भएको महायज्ञ आज बालाचतुर्दशीको दिन समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
123
सम्बन्धित

लोकप्रिय

लोकप्रिय