नेपाल प्रिमियर लिग टिकट बिक्री आक्रमक

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आगामी शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिचको उद्घाटन खेलको १० हजार टिकट तीन दिनभित्र बिक्री भएको छ ।

क्यानले गत सोमबारदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको हो । खल्ती एपबाट टिकट बिक्री भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए । उद्घाटन खेलमा छुट्याइएको भिआइपीतर्फ आठ सय टिकट बिक्री भइसकेको लामाले बताए । उनका अनुसार सर्वसाधारणतर्फका लगभग सबै टिकट बिक्री भएको छ ।

क्यानले त्रिवि मैदानमा १५ मंसिरमा हुने उद्घाटन खेल हेर्न साधारणको तीन सय र भिआइपीको सात सय टिकट मूल्य राखेको छ । क्यानले अन्य दिनका लागि १३ हजार टिकट बिक्री गर्ने लक्ष्य राखेको छ । एनपिएलको चर्चा बढेसँगै टिकट किन्नेको संख्या अस्वाभाविक रूपले बढेको क्यानले जनाएको छ ।

दर्शकले एउटै टिकटमा दुई खेल हेर्न सक्ने क्यानका प्रवक्ता लामाले बताए । ‘एउटै टिकटबाट दिनमा हुने दुई खेल हेर्न पाउने व्यवस्था गरेका छौँ,’ उनले भने । क्यानले लिग खेलको साधारणमा तीन सय र अन्य जोनमा पाँच सय टिकट मूल्य राखेको छ । यसैगरी सिजनल पासका लागि साधारणतर्फ ४ हजार ४८० रुपैयाँ र भिआइपीतर्फ ८ हजार २४० रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
161
सम्बन्धित

लोकप्रिय

लोकप्रिय