झापा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ बढेको छ ।
अघिल्लो दिन १८२० रुपैयाँ रहेको चाँदी आज १८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि सोमबार १५ हजार ९ सयले घटेको सुनको मुल्य मंगलबार २६ सयले घटेको थियो ।