गाईगोरु तस्करीमा नेपाल प्रहरी सामेल छ : आचार्य नन्दकिशोर भारद्धाज

बिर्तामोड । नेपालमा दैनिक ५ सय को हाराहारीमा गाईगोरु तस्करी भइरहेको शताक्षी गोवद्र्धन गौशालाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्धाजले बताएका छन् । उनले आज धाममा आयोजित पत्रकार सम्मेलनमा तस्करी नराकिएको बताए ।

प्रशासनको आडमा गाईगोरु तस्करी भइरहेको आचार्य नन्दकिशोर भारद्धाजको भनाई छ । उनले नेपाल प्रहरी पनि गाइगोरु तस्करीमा सामेल भएको दावी गरेका छन् । प्रहरी पनि दुधले धोइएको छैन, उनले भने – सयौं गाई पारी जाँदा नदेख्ने प्रहरीले दुस्मनलाई कसरी देख्लान् रु भन्दै प्रश्न गरेका छन् ।

सीमामा सुरक्षाको व्यवस्था हुँदाहुँदै पनि गाई पारी पुराइनु दुर्भाग्य भएको बताउँदै उनले राज्यका सबै निकायहरुको चरम लापबारही कै कारण तस्करी भइरहेको जनाएका छन् । गाईगोरु भारत तस्करी भइरहेको पत्रकारहरुलाई जानकारी दिदैं उनले तस्करीसँग नभई गौरक्षकहरु राज्यसँग भिड्नुपरेको बताए ।

तस्करी हुँदै गरेका गाईहरु खोसेर संरक्षण गरिरहेको उनको भनाई छ । ३१ सय ६० गाईगोरुमध्ये ८ सय खोसेर ल्याइएको जानकारी दिएका छन् । नेता, प्रशासन र प्रहरीहरु नै गाइगोरु तस्करीमा संलग्न भएको संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्धाजको भनाई छ ।

शताक्षी गोवद्र्धन गौशालाले मासिक ६ लाखसम्म खर्च गरेर गाईगोरुको संरक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
44
सम्बन्धित

लोकप्रिय

लोकप्रिय