दोमुखामा बन्दै छ पर्यटक लोभ्याउने नयाँ संरचना

सरोज भट्टराई
शिवसताक्षी । झापाको पर्यटकीय स्थल दोमुखामा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाएको छ । शिवसताक्षी नगरपालिका वडा न.१० पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोर्ट तथा स्वीमिङ पुल जाने सडकमा पार्केटिङ्ग ब्लक लगाएर चिटिक्क पारेको हो ।

नगरले आन्तरिक तथा बाहिय पर्यटकका लागि सडक विस्तारलाई तिब्रता दिएको छ । दोमुखा सडकको प्रवेशद्वार माइधरमा नयाँ गेट निर्माण गरिएको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए । उनले दोमुखा जाने प्रमुखद्वारदेखि नै सुधार गर्दैै लगेको जानकारी दिए । गेट, सडक र हाल दोमुखा दक्षिण व्यवसायिकहरु होटल र पिकनिक स्थिल हुँदै स्वीमिङ्ग पुलसम्म जाने सडक निर्माण भइसकेको छ । उनले भने, दोमुखालाई प्राकृतिकरुपमा सुन्दर बनाउन लागि परेका छौं ।

हाल निर्माण भएको सडकका दुवै पट्टी रात्री कालिन उज्यालो बनाउन चालु आ.व.मा नै सडक बत्ती लगायत झिलीमिली बत्ती जडान गर्ने योजना रहेको नगर प्रमुख थोप्राले जानकारी दिए । दोमुखामाबेलुका पनि पर्यटकहरु आउन सक्ने वातावरण बनाउन सन्ध्या कालिन कार्यक्रमहरुको समेत आयोजना गरिने योजना रहेको छ । हाल पार्केटिङ्ग क्लक लगाइएको क्षेत्रमा पिकनिङ स्पोर्ट, स्वीमिङ्ग पुल, चिल्ड्रेन पार्क र पर्यटकहरुलाई बस्नको लागि सुविधा सम्पन्न होटलहरु रहेकाछन् । हाल निर्माण भएको सडक७३० सय मिटरको रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । पार्केटिङ्ग ब्लक भ्याट र कन्सलटेन्सीसहित ८४ लाख ६१ हजार ५५० रकममा भिमेश्वर कन्स्ट्रसन प्रालिले काम गरेको इन्जिनियर उत्तम बरालले जानकारी दिए निर्माणधिन सडक ६ मिटर चौडाई, ६० एमएमको ब्लक लगाइएको छ ।

दोमुखा प्रवेशद्वारमा दुई मुखे गेट निर्माण
झापाको पर्यटकीय क्षेत्र दोमुखा प्रवेश द्वार माइधारमा दुई मुखे आकर्षक गेट निर्माण भएको छ । चाइनिज इटा गेटको माथिल्लो भागमा टायल्स र मार्वल प्रयोग गरेर निर्माण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । उक्त स्थानमा साविकको सतासीधाम गाविसले निर्माण गरेको गेट जीर्ण अवस्थामा रहेको थियो । नवनिर्मित गेट दोेमुखा सडकमा रहेको लागत एउटै ठेक्का मार्फत गराइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

दोमुखापार्कमा सजिसजावट
दोमुखाको पार्क जाने सडक आकर्षक बनाइएको छ । यस वर्षको पिकनिकको सिजन सुरु भएसँगै दोमुखा पार्कमा छाता लगाएर सजिसजावट पारिएको हो । पर्यटकका लागि फोटो सुट, भिडियो सुट, टिकटक लगायतका सामाग्री निर्माण गर्न लागि दोमुखा पर्यटन विकास समितिले पार्कलाई सजिसजावट गरेको जनाएको छ। जसमा ४५ हजारको लागतमा ३ सय छाता राखिएको दोमुखा पर्यटन विकास समितिका अध्यक्ष धनप्रसाद लावतीले जानकारी दिए । अध्यक्ष लावतीका अनुसार चालु आवमा कपल फोटो सुटका ४ ओटा आकर्षक झुला, पिङ निर्माण गरिने छ । दोमुखामा योसँगै गुफा समेत निर्माण गरिने दोमुखा पर्यटन विकास समितिले जनाएको छ।

शौचालय निर्माण
दोमुखा घुम्न आउने पर्यटकको सुविधाका लागि पर्यटन विकास समितिले शौचालय पुननिर्माण गरेको छ। धारा, पानी लगायत सुविधा थपेको जनाएको छ । पिकनिट स्पोर्टमा ४ ओटा टहरा थप निर्माण गरेको छ । दोमुखा पार्क स्थलमा २ ओटा शौचालय छन् । हाल निर्माण भएको स्वीमिङ पुल जाने सडक पूर्व पिकनिक स्र्पोटमा रहेको छ ।

होटल व्यवासयी उत्साहित
पर्यटकीय स्थल दोमुखमा स्थानीयसरकार तथा पर्यटन विकास समितिले लागनी गरसँगै यहाँ आश्रित होटल व्यवसायीहरु उत्साहित बनेका छन् । दोमुखा क्षेत्रमा नयाँ होटलहरु पनि थपिएका छन् । जसमा ठूला खान बस्नको लागि ७ होटलहरु छन् भने, अन्य साना ३० ओटा होटलहरु रहेका छन् ।

कोरोनाको लहरपछि लामो समय पर्यटकको आगमनमा कमि भएपनि अघिल्लो बर्षदेखि पर्यटकको संख्यामा बृद्धि भएको शिवम होटलका सञ्चालक किरन ओलीले जानकारी दिए । उनले हाल विभिन्न संघ संस्थाहरुले पनि दोमुखामा कार्यक्रमहरु गर्ने र टाडाबाट पनि पर्यटकहरु आउने भएकाले होटलहरु विगत वर्षहरु भन्दा चलायमन नै देखिएको जानकारी दिए । विशेष गरी मंसिरदेखि चैत्र महिनासम्म आन्तरिक तथा बाहिय पर्यटकहरु आउने गरेका छन् । उनले भने, स्थानीय सरकार र दोमुखा पर्यटन विकास समितिले यहाँको विकासमा चासो देखाएर काम गर्दै आएको छ। हामी आसाबादी छौं यहाका होटल तथा अन्य व्यवसायहरु फस्टाउने छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
1
+1
0
297
सम्बन्धित

लोकप्रिय

लोकप्रिय