निगमले बढायो डिजेल र मट्टितेलको मूल्य

​नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।

शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा मूल्य प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।

शनिबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ ।

पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् रहेको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.३२ र डिजेलमा रु २.५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
42
सम्बन्धित

लोकप्रिय

लोकप्रिय