आजबाट सुरु भयो चौथो खुदुनाबारी गोल्डकप

अर्जुनधारा । खुदुनाबारी गोल्डकपको चौथो संस्करण आजबाट सुरु भएको छ । गोलडकपको चौथो संस्करण अन्तर्गत आजबाट अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु भएको हो ।

अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा संचालन सुरु भएको गोल्डकपको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका मेयर बलदेबसिंह गोम्देनले उद्घाटन गर्नुभयो । मुख्य रेफ्रीलाई उद्घाटन खेलकालागि बल हस्तनान्तरण गर्दै गोम्देनले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहकी बिशेष अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महत्तरा प्रसाईले पानसमा दिप प्रज्वलन गर्नुभएको थियो ।

“हाम्रो शान, हाम्रो अभियान, खुदुनाबारी गोल्डकप हाम्रो पहिचान” भन्ने नारासहित सुरुभएको गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त आयोजना गरेको हो ।

प्रतियोगिता संयोजक तथा अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सिताराम भट्टराईको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अर्जुनधारा नगरपालिका वडा नम्बर १ का अध्यक्ष उपेन्द्र बस्नेतले स्वागत गर्नुभएको थियो ।

उद्घाटन समारोहमा संयोजक भट्टराईले खुदुनाबारीको इतिहाससहित गोल्डकप आयोजनालाई समेटेर तयार पारिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कैदले प्राकृतिक रङशालाको स्तरउन्नती, युवा पुस्ताहरुलाई खेलक्षेत्रमा प्रोत्साहन दिई व्यवसायिक खेलाडीको रुपमा उत्पादन गर्ने, नगरपालिका नगरपालिका बिचको भाइचारा सम्बन्ध बढाउने र कैदेले पर्यापर्यटन क्षेत्रको दिगो बिकासको लागि बढावा दिने, राष्ट्रका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद नाराका साथ खुदुनाबारी गोल्डकपलाई निरन्तरता दिदै सभ्य र स्वास्थ्य समाज निर्माण गर्ने लगायतका उदेश्यहरु राखेर प्रतियोगिता आयोजना गरिएको उहाँको भनाई छ ।

अर्जुनधारा नगरउपप्रमुख खड्गमाया पराजुलीसहित अर्जुनधारा नगरपालिकाका ११ वटै वडाका जनप्रतिनिधि सहित विभिन्नसंघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्तिथि रहेको उद्घाटन समारोहमा बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाका मेयरले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यो पनि पढ्नुस् :

चौथों खुदुनाबारी गोल्डकप : पहिलो खेलमा बिर्तामोडको विजयी सुरुआत

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
781
तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय