काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो खेलमा नेपाल पुनः पराजित भएको छ। अमेरिकाको ड्यालसमा भएको खेलमा नेपाल ३७ रनले पराजित भयो।
खेलको पहिलो इनिङ्समा अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८१ रन बनाएको थियो। अमेरिकाका लागि तीन खेलाडीले अर्थशतक बनाए। नेपालका लागि गुलशन झाले सर्वाधिक ३ विकेट लिएका थिए। सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट लिए।
२८२ रनको लक्ष्य पछ्याएको नेपाल १ बल बाँकी छँदा अलआउट हुँदै जम्मा २४४ रनमा बनायो। नेपालका लागि ओपनर अनिल साहले बनाएको ५२ रनको स्कोर नै सर्वाधिक रह्यो। सोमपाल कामीले ४६ रन बनाउँदा कुशल मल्लले ३३ तथा दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए।
अमेरिकाका सौरभ नेत्रावल्करले नेपालको ४ विकेट लिए। यस शृङ्खलामा अमेरिका र स्कटल्यान्डसँग २-२ खेल खेल्दै छ।
पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो भने स्कट्ल्यान्डलाई ५ विकेटले हराएको थियो। नेपालले अब अन्तिम खेल सोमबार स्कट्ल्यान्डसँग खेल्नेछ।