किराँत युवा क्लबले जित्यो प्रथम भोर्लेली नकआउट फुटबलको उपाधि

अर्जुनधारा । झापाको अर्जुनधारामा सम्पन्न भएको प्रथम भोर्लेली नकआउट फुटबल प्रतियोगिताको उपाधि किराँत युवा क्लबले जितेको छ । जनकल्याण युवा समुहको आयोजनामा अर्जुनधारा नगरपालिकाको २ र ३ नम्बर वडाको सिमानास्थल भोर्लेनीस्थित प्राकृतिक खेल मैदानमा भएको फाइनल खेलमा बुद्धशान्तिको भोटेटार युवा क्लबलाई टाईब्रेकरमा ५­-४ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी नगरपालिकाको किराँत क्लबले उपाधि जितेको हो ।


फाइनल खेलको निर्धारित समयमा दुवै टिमले २­-२ गोलको बराबरी खेलेपछि नतिजाकालागि खेल टाईब्रेकर भएको थियो । ५-­५ जना खेलाडेलीले प्रहार गरेको टाईब्रेकरमा भोटेटारका एक खेलाडीको प्रहार बाहिरीदा टिमले हार बेर्होन पुग्यो ।

उपविजेता

जितसंगै उपाधि विजेता किराँत युवा क्लबले नगद ३० हजारसहित ट्रफी र मेडल पुरस्कार पाएको छ । त्यस्तै उपविजेता बनेको भोटेटारले नगद २० हजारसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ ।


प्रतियोगिताको बेस्ट प्लेयरको पुरस्कार किराँत युवा क्लबका मुस्कान लिम्बुले पाँए । त्यस्तै बेस्ट किप्पको पुरस्कार किराँतकै सुदिप मार्दीले पाए भने हाईस्कोरर्को पुरस्कार पनि किराँतकै मुस्कान लिम्बु पाए । उनीहरुलाई नगदसहित ट्रफि प्रदान गरिएको प्रतियोगिताका संयोजक रोनक लिम्बूले जानकारी दिनुभयो ।

अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, अर्जुनधारा-२ का वडाअध्यक्ष नरेन्द्र कुमार श्रेष्ठ, अर्जुनधारा-३ का वडाअध्यक्ष सिताराम भट्टराई, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, सचीव खगेन्द्र लिङ्देन, नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रा तामाङ लगायतले प्रतियोगिताका विजेता तथा उपविजेतासहित विद्यागत पुरस्कार बितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
565
सम्बन्धित

लोकप्रिय

लोकप्रिय