आजदेखि भाइटीकासम्म मेघगर्जनसहित वर्षाको सम्भावना

झापा । मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार)देखि भाइटीकाको दिनसम्म मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । अहिले देशभर पश्चिमी वायुको साथै पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै विभागले कार्त्तितक १५ देखि १८ गतेसम्म केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको संभावना रहेको बताएको हो ।

यो वर्षको बुधबार आजदेखि सुरू भएको छ । कात्तिक १८ गते भाइटीका छ । विभागले बुधबार बुलेटिन प्रकाशित गर्दै तिहारको चतुर्दशी (१५ गते),औंसी (१६ गते), प्रतिपदा (१७)गते र द्वितीया अर्थात् भाइटीका (१८ गते) का दिनहरूमा कोशी,बागमती,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको संभावना रहेको जानकारी गराएको हो ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
578
सम्बन्धित

लोकप्रिय

लोकप्रिय