साफ महिला च्याम्पियनसिपको उपाधि बङ्गलादेशले जितेको छ । दशरथ रंगशालामा भएको फाइलन खेलमा नेपाललाई २-१ गोल अन्तरले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको हो ।
बंगलादेशले खेलको ५२औं र ८१औं मिनेटमा गोल गरेको थियो। पहिलो हाफ बराबरीमा रोकिएको खेल त्यसपछि रोमाञ्चक बनेको थियो। खेलको ५२औं मिनेटमा बंगलादेशले गोल गर्दै अग्रता लिएको थियो।
बंगलादेशकी मोनिका चक्माले गोल गरेकी थिइन्। त्यसको तीन मिनेटमै नेपालले गोल फर्काएको थियो। नेपालका लागि अमिशा कार्कीले गोल फर्काएकी थिइन्।
त्यस्तै खेलको ८१औं मिनेटमा बंगलादेशले शानदार गोल गर्दै जित सुनिश्चित गरेको थियो। बंगलादेशकी रितु पोर्ना चक्माले निर्णायक गोल गरेकी थिइन्।