सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगरको परिचयात्मक कार्यक्रम सम्पन्न

बिर्तामोड । न्यायीक क्षेत्रमा काम गर्ने लक्ष्य र उदेश्यकासाथ स्थापना भएको सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगरले परिचयात्मक एंवम चियापन कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष चन्द्र बहादुर घोर्साइको अध्यक्षता र मेचीनगर नगरपालिकाकी उपप्रमुख तथा न्यायीक समिति संयोजक मिना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।


एक बर्ष भन्दाबढी समयदेखि न्यायीक तथा सामाजिक कार्यहरुमा सक्रिय रहेको संस्था २०८० असार १ गते जिल्ल प्रशासन कार्यालयमा दर्ता भएपछि परिचयात्मक कार्यक्रमको आयोजना गरिएको हो । न्यायको निमित्त वडादेखि नगर न्यायीक समितिसम्म सर्वसाधारण जनताको सहज पहुँच पुर्याउने लक्ष्यकासाथ सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगरको स्थापना गरिएको समाजका सचिव प्रकाश खड्काले जानकारी दिनुभयो ।

समाजले निःशुल्क रुपमा जनताका बिभिन्न बिषय सम्बन्धि निवेदन लेखिदिने वा सहजिकरण गर्ने, मेचीनगरका १५ वटै वडामा न्यायीक अधिकार र न्याय सम्पादन सम्बन्धि सचेतना कार्यक्रम संचालन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।


सचिव खड्काले सामाजिक मेलमिलाप समाज नेपाल मेचीनगर मुनाफारहित सामाजिक संस्था रहेको उल्लेख गर्दै आफ्नै लगानीमा वातावरण प्रदुषण नियन्त्रण र लागूऔषध नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने बताउनुभयो । त्यस्तै लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार विरुद्धका क्षेत्रमा समेत कार्य गर्ने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मेचीनगर १५ का वडाअध्यक्ष राजन भट्टराई, मेचीनगर न्यायीक समिति सदस्य कुन्दन निरौला, मेचीनगर १० का वडा सदस्यहरु सोमनाथ ओझा र लिला दर्नाल, सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष प्रहलादमणि ओली, ईलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरिक्षक अनिल मावोहाङ, समाजका उपाध्यक्ष कृष्ण कुमार पनेरु, कोषाध्यक्ष देउकुमारी निरौला तामाङ, सदस्य उत्सव भट्टराई, समाजसेवी व्यत्तिहरु खड्गबहादुर कटुवाल, नरप्रसाद पौड्याल, लक्षेन्द्र प्रसाद यादव, शिवशंकर साह, मोहन सुवेदी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
2
+1
0
+1
0
265
सम्बन्धित

लोकप्रिय

लोकप्रिय